• ८ असोज २०८३, बिहीबार
  • ९ः५९ राती

  गैर जिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु , बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफ

प्रकाशित मिति

२०७७ आश्विन ३० गते, शुक्रबार ११:१९

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने बाबुराम भट्टराईको अभिब्यक्तिलाई गैर जिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै खण्डन गरेका छन् ।

National Life

नेपाल प्रहरीको ६५ औँ प्रहरी दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री भट्टराईले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए ।

नेपाल सरकारले भ्रष्टाचारविरुद सुन्य सहनशिलताको नीति लिएको छ। केही गैर जिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु।’ ओलीले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनअघि मात्र बूढी गण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले मिलेर नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभिव्यक्ति दिएका थिए।

प्रतिकृया