• ८ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

चाडपर्व लक्षित ‘डिजिटल उत्सव’ योजना, डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट: एनआईसी एशिया बैंक

प्रकाशित मिति

२०७७ आश्विन २८ गते, बुधबार ११:४३

काठमाडौं,एनआईसी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षति गर्दै एक विशेष योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट दिनेगरी ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको हो । यस योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।

National Life

फाइदा नै फाइदाले भरिएको यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।देशव्यापी कोरोना महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुश गर्दै वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वको अवसरमा ग्राहकलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंककोले विश्वास लिएको छ ।

चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहक महानुभावहरूको समेत डिजिटल कारोबारमा पहुँच पु¥याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप विभिन्न सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउदै ग्राहकहरूलाई समेत डिजिटल कारोबार तथा सेवा तर्फ आकर्षित गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया