• ८ असोज २०८३, बिहीबार
  • ४ः०८ बेलुका

आज पनि ओरालो लाग्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ आश्विन २२ गते, बिहीबार ११:४०

काठमाडौं आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २ सयले घटेको छ भने चाँदी ५ रुपैयाँले बढेको हो ।

National Life

बुधबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार २ सयले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया