चिनियाँ सम्राटका १५ दिन र एक सय २१ स्त्री
प्रकाशित मिति
२०७७ आश्विन ११ गते, आईतवार १२:१७
एजेन्सी, जुन बखत पश्चिममा प्राचीन सभ्यताको अन्त्य भइरहेको थियो तब पूर्वमा भने गणितले आफ्नो उचाई नाप्दै थियो ।समुद्री बाटो पत्ता लगाउन होस् वा समय मापन गर्न, गणितले अहंम भूमिका निर्वाह गरिरहेको थियो । प्राचीन सभ्यता पनि धेरै हदसम्म यसमा निर्भर थियो ।
गणितको यात्रा मिस्र, मेसोपोटामिया र ग्रीसबाट शुरु भयो । यो सभ्यातको अन्त्य पछि पश्चिममा यसको प्रगति रोकियो । जबकी पूर्वमा भने यसले नयाँ उचाई चुमिरहेको थियो । प्राचीन चीनमा गणित एक महत्वपूर्ण विषय थियो । यसकै आधारमा ‘ग्रेट वाल अफ चाइना’ खडा भएको थियो । विवाह तथा अदालती काम–कारवाहीमा समेत अंकहरु महत्वपूर्ण बन्दै गएको थियो ।
प्रणयको गणितिय योजना
त्यो समयमा क्यालेण्डर र ग्र्रहको चालको आधारमा नै सम्राटले सबै निर्णय लिन्थे । उनीहरुको दिन र रातको सम्पूर्ण योजना पनि यसैको आधारमा बनाउने गरिन्थ्यो ।
त्यसबेला हरमको प्रचलन थियो । हरम भनेको एक पुरुषका निम्ति अनेकौ महिला बस्ने त्यस्तो स्थान हो, जहाँ अन्य पुरुषलाई जान निषेध हुन्छ । शाही मन्त्रीहरुले आफ्ना सम्राटले हरममा प्रत्येक महिलासँग एक निश्चित समय अवधीको अन्तरालमा रात विताउन सकोस् भनेर सुनिश्चित गर्थे । यी सबै कुरा गणितको ज्यामितिय अनुक्रम र गुणोत्तर श्रेणीमा आधारित हुन्थ्यो ।
भनिन्छ, चीनका सम्राटलाई १५ दिनको अवधीमा एक महारानी, तीन वरिष्ठ श्रीमती, नौ श्रीमती, २७ हरम दासी तथा ८१ दासी सहित एक सय २१ महिलाहरुसँग सुत्नु पथ्र्यो ।
महारानीदेखि दासदासी सहितको पाँच समुह पछिल्लो समूहभन्दा तीन गुणा ठूलो थियो । गणितिज्ञहरुले के निश्चित गर्नुपथ्र्यो भने, सम्राट यी मध्ये प्रत्येक महिलाका साथ एक निश्चित अवधीभर सुत्न सकुन् । यसको लागि उनीहरुले रोष्टर बनाएका थिए ताकी हरमका प्रत्येक महिलालाई १५ दिन पश्चात्त सम्राटसँग सुत्ने अवसर प्राप्त होस् ।
शारीरिक शक्ति र बल
त्यसक्रममा पहिलो रात महारानीको लागि छुट्याइन्थ्यो । दोश्रो रात तीन वरिष्ठ श्रीमतीका लागि र त्यसपछि नौवटा श्रीमतीका छुट्याइने गरिन्थ्यो ।त्यसपछि मात्र ९ को संख्यामा एक पछि अर्को गरी ७ हरम दासीको पालो आउँथ्यो । यसरी नै सम्राट आफ्नो छ रात विताउँथे । आखिरमा बल्ल ९–९ जनाको संख्यामा ८१ दासीको पालो आउँथ्यो । यसरी १५ दिनमा सबै एक सय २१ महिलालाई सम्राटको साथ रात विताउने अवसर प्राप्त हुन्थ्यो ।
पूर्णिमाको दिनहरुमा सम्राट उच्च दर्जाका महिलाहरुसँग सुत्नुन् भन्ने कुरा समेत रोस्टमले सुनिश्चित गर्थे । प्राचीन अवधारणा अनुसार यो समयमा महिलाहरुका ‘यिन’ अर्थात उनीहरुको प्रजनन क्षमता चरमविन्दुमा हुन्छ र उनीहरुमाझ यही मान्यता थियो की यस क्रममा महिला ‘यांग’ अर्थात पुरुष बलको सामना गर्ने स्थितिमा हुन्छन् ।
सम्राट त शासक थिए । त्यसैले उनमा शारीरिक बल हुनु स्वभाविक नै थियो । यो पनि स्पष्ट थियो शाही उत्तराधिकारी पाउनको लागि पनि त्यो दम त्यति नै जरुरी थियो । त्यसबेला दरवारको सञ्चालन गर्न मात्र गणितको प्रयोग हुँदैनथ्यो । राज्य सञ्चालनका लागि पनि यो उत्ति नै महत्वपूर्ण थियो ।
अंक मै छ रहस्यमय शक्ति
त्यसबेलाको प्राचीन चीनको सामाज्य कडा कानुनी व्यवस्था, व्यापक कर व्यवस्था, वजन तथा मुद्राको एक प्रामाणिक व्यवस्थाको साथ विशाल हुँदै गइरहेको थियो । त्यहाँ पश्चिमाहरुले लागु गरेको दशमलव प्रणाली लागु हुनु करिब एक हजार वर्ष पहिलेदेखि नै यसको प्रयोग भैरहेको थियो । यतिमात्र हैन, १९ औ शताव्दीको सुरुवाती चरणमा पश्चिमी देशहरुमा जुन किसिमको गणितीय समिकरण देखिन सुरु भएको थियो, चीनले शताब्दीयौ पहिलेदेखि यसको प्रयोग सुरु गरिसकेको थियो । पौराणिक कथा अनुसार चिनियाँहरुले भगवान मानेका येलो सम्राटले संख्याको अलौकिक महत्वबारे बुझेर नै २८ सय ईसा पूर्वमा गणितको रचना गरेका थिए । आज पनि चीनमा यही विश्वास गरिन्छ कि संख्यामा रहस्यमय शक्ति छ ।
विषम संख्या पुरुषका लागि र सजिलो संख्या महिलाहरुको भनिएको छ । कुनैपनि हालतमा मानिसहरु अंक चारसँग बच्न चाहन्छन् भने अंक आठलाई सौभाग्यको प्रतिक मानिन्छ । प्राचीन चीनमा आकृतिहरु पनि नम्बरकै आधारमा निर्माण गरिन्थ्यो । सुडोकुको सुरुवाती संस्करणको पनि विकास पनि उनीहरुले नै गरेका थिए ।
छैठौ शताब्दीमा चीनमा खगोल विज्ञानद्वारा ग्रहको गतिको गणना गर्न थ्यौरम (प्रमेय)को प्रयोग गरिन्थ्यो । आज पनि इन्टरनेटको क्रिप्टोग्राफीमा यसको व्यवहारिक प्रयोग हुँदै आएको छ । बिबिसीबाट






प्रतिकृया