• ८ असोज २०८३, बिहीबार
  • १२ः३९ दिउँसो

घट्दै सुनको मूल्य

प्रकाशित मिति

२०७७ आश्विन ८ गते, बिहीबार ०८:०६

काठमाडौँ, असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ ।

National Life

त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार आठ सय रुपियाँ कायम भएको छ । बुधबार बिहान नेपाली समयअनुसार १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १८८९ डलर पुगेका आधारमा उक्त मूल्य तय भएको हो । नेपालमा सुनको मूल्य भने भारतीय बजारमा भर पर्दै आएको छ ।

यसअघि गत भदौ ३१ गते छापावाल सुनका मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ कायम भएकोे थियो भने असोज १ गते ९६ हजार छ सय रुपियाँ मूल्य तय भएको थियो । त्यसपछि मङ्गलबार ९५ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कोभिड–१९ को महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा नै पहेँलो धातुको मूल्य आकाशिँदै गएपछि नेपाली बजारमा पनि मूल्य बढ्दै प्रतितोला एक लाख तीन हजार रुपियाँभन्दा माथि पुगेको थियो । अहिले तुलनात्मक रूपमा डलर बलियो हुँदै गएको अन्तर्राष्ट्रिय बजारमा नै सुन बोलकबोलबाट बिक्री हुन थालेकाले मूल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा नै आगामी अक्टोबर १५ सम्ममा सुन बजारमा करेक्सन आउने अनुमान गरिएको छ । अहिले दैनिक ४० देखि ५० डलरसम्म मूल्यमा कमी आउन थालेको छ । यस्तै क्रम रहेमा नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँसम्म हुनसक्ने शाक्यको अनुमान रहेको छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया