• २७ भदौ २०८३, शनिबार
  • १ः४९ राती

आजदेखि काठमाडौं आउन-जान नपाइने

प्रकाशित मिति

२०७७ श्रावण २९ गते, बिहीबार ०१:४२

कोरोनाभाइरस (कोभीड १९) महामारीको रुपमा फैलीरहेको छ । यसै क्रममा संक्रमित संख्या बढ्दै गएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ।

National Life

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि गृह मन्त्रालयको निर्देशनमा पूर्ण रूपमा बन्द गरीएको हो । अब काठमाडौं आउन र काठमाडौंबाट बाहिरी जिल्ला जान नपाइने भएको छ। कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले बताए।

उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैनन्। पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया