• ३ असोज २०८३, शनिबार
  • ९ः३१ राती

ओली–प्रचण्ड संवाद नै हुन छोडे

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार ०८:०९

काठमाडौं , पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवाद नै हुन छोडेको छ ।

National Life

पार्टी स्थायी समिति बैठक स्थगित गर्ने र सञ्चालने गर्ने विषयमा अध्यक्षद्वयबीच कुरा मिल्न नसकेपछि विवाद थप चर्किएको थियो । जारी विवाद समाधान गरेर मात्र स्थायी समितिको बैठक बस्नुपर्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीले स्थायी समिति बैठक स्थगित गरे पनि अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक सञ्चालन गर्नुभएको थियो ।

उक्त बैठकले अध्यक्ष ओलीसँग संवाद गरेर स्थायी समितिको बैठकको मिति तय गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । तर पाँच दिन बितिसक्दा समेत ओली–प्रचण्डबीच संवाद हुन सकेको छैन । स्थायी समिति बैठक अनिश्चित भएपछि दुवै जना अध्यक्ष आ–आफ्नो रणनीति बनाउन जुट्नुभएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले अध्यक्षद्वयको बीचमा आइतवार संवाद हुन सक्ने जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले आफू निकटका नेतालाई बालुवाटारमा बोलाएर रणनीति तय गरिरहनुभएको छ भने प्रचण्डले आफू निटकका नेतालाई खुमलटारमा बोलाएर संवाद गरिरहनुभएको छ । स्थायी समिति बैठकमा उपाध्यक्ष वामदेव गौतमले विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव अगाडि सारे पनि नेकपाभित्रको समीकरणमा पनि फेरबदल आएको छ ।

नेकपाका नेता मणि थापाले जारी विवाद समाधान गर्नका लागि प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने र ओलीले बाँकी कार्यकाल सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुट्न सक्ने बताउनुभयो । विवाद जति नै चर्काए पनि सहमति गरेर जानुबाहेक अहिले पार्टीभित्र अर्को विकल्प नरहेको बताउँदै मुख्य चुनौती पार्टी एकतालाई जोगाउनु रहेको थापाले बताएका छन् । यो समाचार आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिकृया