• ३ असोज २०८३, शनिबार
  • ८ः४६ राती

स्वदेशमै उत्पादन गर्न सकिने अढाइ खर्बका वस्तु आयात

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार ०८:१३

काठमाडौं । पेट्रोलियम पदार्थ, उद्योगका लागि चाहिने पार्टपुर्जा नेपालमा उत्पादन गर्न कठिन छ। स्वदेशमा उत्पादन गर्न नसकिने वस्तु विदेशबाट आयात गर्नु स्वाभाविक हो। तर, नेपाली भान्सामा विदेशमा फलेका तरकारी तथा खाद्यान्न पाकिरहेका छन्।

National Life

हरेक दिन उपभोक्ताले बिहान–बेलुका तरकारीमा प्रयोग गर्ने धनिया, जिरालगायत मसला अर्जेन्टिना, रुस, नामिबिया, भारत, बुल्गेरियालगायत मुलुकबाट ल्याइन्छ।

पाखोबारीमा फलाउन सकिने बेसार भारत, म्यानमार, चीन, जापान, पाकिस्तान, युनाइटेड अरब इमिरेट्सबाट ल्याएर प्रयोग गरिन्छ। गत आवमा ६५ करोड रुपैयाँको बेसार विदेशबाट ल्याइएको छ। तरकारीका रुपमा प्रयोग हुने सोयाविन अमेरिका, क्यानाडाबाट ल्याइन्छ। भान्सादेखि बिस्तारासम्म विदेशमा उत्पादित वस्तुको प्रयोग भैरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यी तथ्यले कृषि तथा पशुजन्य वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने सरकारी लक्ष्यलाई गिज्याइरहेको छ। सरकारले कृषिमा आत्मनिर्भरताको नारा लगाउँदै आए पनि उपभोक्ताले आर्थिक वर्ष ०७६÷७७ मा मात्रै करिब साढे दुई खर्ब रुपैयाँका विदेशमा उत्पादित कृषि, पशु तथा वनजन्य वस्तु प्रयोग गरेका छन्।

स्वदेशमा उत्पादन गर्न सकिने वस्तुमा विदेशीको भर पर्दा यहाँका खेतबारी, गोठ, वनमा उत्पादन गर्न सकिने वस्तुमा परनिर्भर हुनुपरेको छ। कोभिड–१९ ले मुलुक लकडाउनमा गएर आयात घटे पनि आर्थिक वर्ष ०७६÷७७ मा दुई खर्ब ४३ अर्ब रुपैयाँका कृषि, पशु तथा वनजन्य वस्तु विदेशबाट आयात भएको भन्सार विभाग तथ्यांकले देखाउँछ। यो समाचार आजको नागरिक दैनिकमा लेखिएको छ ।

प्रतिकृया