• ८ असोज २०८३, बिहीबार
  • १ः२४ दिउँसो

कल बाइपासमा संलग्न एक जना पक्राउ

प्रकाशित मिति

२०७७ श्रावण १४ गते, बुधबार ०६:०१

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भक्तपुर मध्यपुरथिमी नगरपालिका–५ घर भई काठमाडौँको बौद्ध बस्ने हरिशंकर श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौँ महानगरपालिका २२ खिचापोखरीस्थित भवनमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट ८ पोर्टको एक थान ओपन भोक्स गेटवे, एक थान चार्जर र आठ थान एनसेलको सीमकार्ड बरामद भएको छ ।

प्रतिकृया