• ८ असोज २०८३, बिहीबार
  • ५ः२२ बेलुका

लाभांश वा बोनस नदिनुः युरोपेली केन्द्रीय बैंक

प्रकाशित मिति

२०७७ श्रावण १३ गते, मंगलवार ०४:१६

युरोपेली केन्द्रीय बैंक इसिबी ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ ।

National Life

कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्यात सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको हो ।

इसिबीले यसअघि पनि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो । यो निर्णय आगामी अक्टोबर २०२० सम्मका लागि जारी गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

इसिबीले मंगलबार जारी गरेको विज्ञप्तिमा कोरोनाकालमा बैंकहरुमा पुगेको नोक्सानीबाट माथि उक्लन तथा मुलुकका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा लाभांश बितरण रोक्नु परेको उल्लेख छ ।
रासस

प्रतिकृया