• २४ भदौ २०८३, बुधबार
  • ३ः१९ राती

सांसद बस्नेतद्वारा ‘एक घर दुई रुख’ भन्ने नाराको साथ वृक्षारोपण शुभारम्भ

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार ०९:४१

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतद्वारा एक घर दुई रुख’ भन्ने नाराको साथ गुण्डु चोक-बसपार्क खण्डमा वृक्षारोपण शुभारम्भ गरेका छन् ।

National Life

विकास र समृद्धिको यात्रामा तिव्र गतिका साथ अघि बढिरहेको भक्तपुरले सडक, ढललगातका भौतिक पूर्वाधारहरुको संरचना निर्माण व्यापक मात्रामा हुँदै गएसँगै नयाँ निर्माण सम्पन्न गरिएका सडकहरुको दाँया बाँयामा हरियाली प्रवद्र्धन अन्तरगत विरुवा रोप्ने कार्यलाई व्यापकता दिँइन थालेको छ ।

बस्नेतद्वारा ‘एक घर दुई रुख’ अनुरुप शनिवार सूर्यविनायक नगरपालिकाको वडा नं ७ गुण्डू चोकदेखी रातोपाटी, पानीट्याङ्की, खहरे, बसपार्कसम्मको सडक खण्डको दायाँ बायाँ ५ मीटर दुरिमा ८ सय ५० बटा धुपी, कल्कि, पारिजात, लालुपाते, असारे फुल, तेजपत्ता र जाई लगायतका फूलजन्य बिरुवाहरुको वृक्षरोपण शुभारम्भ गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विभिन्न प्रकारका सडक, ढललगायतका विभिन्न प्रकारका विकासले स्वरुप नपाउँदासम्म हरियाली प्रवद्र्धन कार्यक्रम गर्न कठिनाई भएको तर अब भक्तपुरमा हरियाली प्रवद्र्धनका कार्यक्रमहरु गर्न सहज हुँदै गएको जानकारी गराउँदै सांसद बस्नेतले जनताको माग अनुसार गुण्डु चोकदेखी बसपार्कसम्म हरियाली प्रवद्र्धन अनुसार शुभारम्भ गरिएको बताउनुभयो ।

अरनीको राजमार्ग, कैशलटार–वालकोट हुँदै सिरुटासम्मको सडक, अनन्तलिङ्गेश्र क्षेत्र, गुण्डुको प्रहरी चौकीदेखी वसपार्कसम्म हरियाली प्रवद्र्धन कार्यक्रम भएको साथै किवाचोमा सम्पूर्ण तयारी भइसकेको जानकारी गराउँदै उहाँले बुढिगण्डकी पुुलबाट किवाचोक जाने सडकमा ३०० विरुवा वृक्षारोपण गर्ने जानकारी गराउभयो ।

विकासमा सैन्दर्यता थम्पे कामहरु भइरकेको बताउँदै उहाँले विरुवा रोप्ने कामहरु शुरु भएको बताउनुभयो । मानिसको स्वास्थ्यलाई समेत विशेष मध्यनजर गर्दै शहरी क्षेत्रलाई वातावरण संरक्षण तथा प्रवद्र्धन जरुरी रहेको उल्लेख गर्दै उहाँले गुण्डुलाई प्राकृतिक मनोरमको साथमा हरियालीमय बनाउने समेत बताउनुभयो ।

कार्यक्रममा सांसद वस्नेतको साथमा डिभिजन बन कार्यालय भक्तपुरका प्रमुख प्रेमप्रसाद खनाल, भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुवर, वडा अध्यक्ष रविन्द्र सापकोटा, समाजसेवी तथा ईन्जिनियर उमेश बस्नेत, वडा सदस्य अर्जुन खतिवडा र कृष्णजीत माकजु समेतको उपस्थिती रहेको थियो ।

प्रतिकृया