• १० असोज २०८३, शनिबार
  • ८ः२९ बिहान

होटेल ‘ताज’ लाई बमले उडाउने धम्की

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०६:५७

एजेन्सी , भारतको मुम्बई राज्यमा रहेको होटेल ताजलाई बमले उडाउने धम्कीपूर्ण टेलिफोन आएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ। धम्कीपूर्ण टेलिफोनको विषयलाई मध्ये नजर राखी त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

National Life

पाकिस्तानबाट सुल्तान नाम बताउने एक पुरुषले गएराती दुई पटक फोन गरी होटल उडाउने धम्की दिएको हो । कराची स्टाक एक्सचेन्जमा भएको आतंककारी हमला भएको सबैले देखेको र अब ताज होटलमा २६र११ जस्तै हमला एक दिन पुनः हुनेछ भन्ने विषय सम्बदमा व्यक्त गरेको खुलेको छ।

यस्ता प्रकारका धम्कीपूर्ण कल दुई पटक सम्म आएपछि मुम्बई प्रहरीले यसलाई गम्भिर रुपमा लिई होटलको सुरक्षा व्यबस्था कडा गरेको जनाइएको छ। मुम्बईको अधिकांश क्षेत्रहरु माथि कडा निगरानीका बम स्क्वार्ड समूह समेत खटाईएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया