• २८ भदौ २०८३, आइतबार
  • ७ः२१ बेलुका

गोरखा अस्पतालमा महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०९:२९

 

National Life

दाङ । जिल्लाको घोराहीमा रहेको नीजि अस्पताल गोरखा अस्पतालमा महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ परेका उनी रेडियोग्राफर नभई अस्पतालको हेप्पर भएको समेत खुल्न आएको छ ।

छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई नाङ्‍गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

छातीमा समस्या आएपछि आफ्ना श्रीमानसंगै अस्पताल पुगेकी एक महिलाले नाङगै बनाएर एक्सरे गरेको श्रीमानलाई अचेल पुरै कपडा खोलेर एक्सरे गर्दा रहेछन है भनेपछि घटना सार्वजनिक भएको हो ।

प्रहरी नियन्त्रणमा रहेका डाँगी अनुमति प्राप्त नभएका प्राविधिक भएको खुल्न आएको छ । डाँगी रेडियोग्राफर नभएको र उनी हेल्पर मात्रै भएकाले कसरी हस्पिटलले रेडियो ग्राफिक्स नपढेका अनाधिकृत व्यक्तिलाई एक्सरे गर्यो भन्नेबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया