• २८ भदौ २०८३, आइतबार
  • २ः४७ दिउँसो

सरकारले अर्को निर्णय नगरेसम्म लकडाउनमा बजार खोल्न नदिने

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ०९:१७

काठमाडौं । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ ।

National Life

उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको नियन्त्रणका लागि चैत ११ यता निरन्तर बन्दाबन्दी हुँदै आएको छ । अत्यावश्यक वस्तुु तथा सेवाबाहेक बजार पसल खुल्न नसकेपछि व्यवसायीले बजार खोल्न दबाब दिँदै आएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘सरकारले अर्को निर्णय नगरेसम्म बन्दाबन्दीमा बजार तथा पसल खोल्न मिल्दैन त्यसका लागि सरकारको निर्णय नै आउनुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यापार व्यवसाय सञ्चालनका सम्बन्धमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफल पछि मात्र यो विषयको प्रक्रिया अगाडि बढ्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रतिकृया