• २९ भदौ २०८३, सोमबार
  • १०ः१९ बिहान

आज मुलुकभर २४ घण्टासम्म वर्षा हुने पूर्वानुमान

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ०७:३७

 

National Life

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको २४ घण्टासम्म नै मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू-भागमा वर्षा भइरहेको छ । दिउँसोसम्म बाँकी प्रदेशमा पनि वर्षा हुनेछ । यो क्रम रातिसम्म नै कायम रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया