• ६ असोज २०८३, मंगलबार
  • ४ः०७ बिहान

रुकुममा अर्को जघन्य अपराधः दलित बालिकालाई बलात्कार श्रीमती बनाएर पठायो समाजले, अर्को दिन रुखमा भेटियो लास

प्रकाशित मिति

२०७७ जेष्ठ १४ गते, बुधबार ०८:५४

 

National Life

काठमाडौं । रुकुमसँगै रुपन्देहीमा अर्को जघन्य अपराध घटना घटेको छ । १३ वर्षीया बालिकाको बलात्कार भएको छ । बलात्कार पछि समाजले श्रीमती बनाएर पठायो, अर्को दिन लास रुखमा भेटियको छ ।

१३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले ।

Classic Tech Mobile
Classic Tech Desktop

दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको रूखमा भेटिइन्, झुन्डिएको अवस्थामा ।

घटना हो रुपन्देही देवदहको । शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन् । बुबाको निधन भइसकेको छ । आमाले हारगुहार गरिन् । गाउँले जम्मा भएर खोज्न हिँडे । राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर ।

भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार हो, जघन्य अपराध हो ।नयाँ पत्रिकाबाट साभार

प्रतिकृया