• २७ भदौ २०८३, शनिबार
  • ३ः०३ दिउँसो

थप नौ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४५३ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०४:३२

काठमाडौं, झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया