• २८ भदौ २०८३, आइतबार
  • १२ः०२ दिउँसो

थप २४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या २४३ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख ३१ गते, बुधबार ०८:०८

काठमाडौं, थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

National Life

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

रुपन्देहीमा नौ जना पुरुष २२,२२,२५,२८,३०,३२,३२,३३,४१ बर्षका, तीन जना महिला ४,१०,२९ वर्षका रहेका छन् । कपिलवस्तुमा आठ जना पुरुष २२,२९,३२,४०,४०,४०,४२,४२ वर्षका रहेका छन् भने पर्सामा दुई पुरुष ३६ र ७४ वर्ष र एक जना महिला ३६ वर्षकी छन् । नवलपरासीमा एक जना ३६ वर्षिय पुरुष रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसका साथै नेपालमा २४३ जना संक्रमित भएका छन् भने ३४ जना निको भइ घर फर्केका छन् ।

प्रतिकृया