• २३ भदौ २०८३, मंगलबार
  • ६ः५५ बेलुका

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०१:२३

काठमाडौं, काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामा दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझसम्म आउनेछ ।

National Life

बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।

उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ वर्षीया छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। ३ जना मध्ये आमाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया