• ९ असार २०८३, मंगलबार
  • १२:०९ बेलुका

कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०३:४२

काठमाडौं, वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ‌ं । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’ ती युवती चन्द्रागिरि नगरपालिका १५ की हुन् ।

Kamana Sewa

प्रतिकृया