• २८ भदौ २०८३, आइतबार
  • १२ः३६ दिउँसो

विराटनगर महानगरपालिकामा डिस इन्फेक्सन औषधि छर्न सुरु

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०७:४७

मोरङ, विराटनगर महानगरपालिकाले डिस इन्फेक्सन औषधि छर्न सुरु गरेको छ। महानगरपालिकाले पहिलोचरणमा वडा नम्बर १९ मा अवस्थित स्वास्थ्य उपचार केन्द्र, कोशी अस्पताल र महानगर भवनमा स्प्रे गरेर अभियान सुरु गरेको मेयर भीम पराजुलीले जानकारी दिएका छन्।

National Life

कोरोना भाइरस कोविड १९ प्रति सतर्कता तथा अन्य रोग नियन्त्रणका लागि सोडियम हाइपो क्लोराइडसहितको स्प्रे गरिएको नगरपालिकाले जनाएको छ । यसका लागि महानगरकै निगरानीमा स्प्रे बनाएको र आवश्यक्ता अनुसार जनशक्तिसहित नगरको स्वास्थ्य सुरक्षामा खटिने जनाएको छ । स्प्रे विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ को मापदण्ड अनुसार बनाइएको महानगरले जनाएको छ।

प्रतिकृया