सार्कमा कोरोना बहस : मोदीको प्रस्तावप्रति पाकिस्तान ‘सकारात्मक’, प्रधानमन्त्री ओलीद्दारा पनि स्वागत
प्रकाशित मिति
२०७६ चैत्र १ गते, शनिबार १२:५२
काठमाडौं । कोरोना भाइरसविरुद्ध विशेष रणनीति बनाएर अघि बढ्न सार्क मुलुकरूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावप्रति पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएको छ ।
सार्क सदस्य मुलुक पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता आइशा फारूतीले कोरोना भाइरसविरुद्ध लड्नका लागि क्षेत्रीय र वैश्विक स्तरमा सहयोगको जरुरी रहेको बताएकी छन् ।
उनले ट्विट गर्दै भनेकी छन्, ‘हामीले पाकिस्तानका स्वास्थ्यमन्त्रीलाई सार्क देशका नेताहरूसँग भिडियो कन्फेन्सिङ मार्फत कुराकानी गर्नुपर्ने भनेका छौँ । यसमा वैश्विक र क्षेत्रीय सहयोगको जरुरी छ ।’पाकिस्तानी पत्रिकाले भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावमा पाकिस्तान सरकारको तर्फबाट आएको प्रक्रियालाई सकारात्मक भनेको छ ।

भारत र पाकिस्तानबीको सम्बन्ध अत्यन्तै शत्रुतापूर्ण छ । यस्तो तनावपूर्ण सम्बन्धका बीच पहिलो पटक दुई देशका बीच कुनै तरिकाले संवाद हुने देखिएको पत्रिकाले उल्लेख गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार ट्विट गर्दै कोरोना भाइरस (कोविड(१९) को प्रकोपविरविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन प्रस्ताव गरेका हुन् । सार्कप्रति भारत उदाशीन भएको टिकाटिप्पणीका बीच शुक्रबार मोदीले महामारीको रूप लिएको कोरोनाविरुद्ध लड्न साझा रणनीति बनाए अघि बढ्ने प्रस्ताव गरेपछि सार्क अन्य मुलुकको यसको स्वागत गरेका छन् ।

मोदीले भनेका थिए, ‘सार्क देशका नेता भिडियो कन्फ्रेन्सिङ मार्फत कोरोनाबारे कुराकानी गर्न सकिन्छ, ताकि यसबाट बच्न मद्दत अदानप्रदान गर्न सकियोस् ।’उनको यस्तो प्रस्तावको नेपालसहित भुटान, श्रीलंकालगायतका देशले स्वागत गरेका छन् ।
सार्कको अध्यक्षसमेत रहेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीको प्रस्तावलाई स्वागत गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन सार्क सदस्य राष्ट्रका नेतृत्वसँग निकट सम्पर्कमा रहेर काम गर्न तत्पर रहेको प्रतिक्रिया दिएका छन् ।

उनले सार्क राष्ट्रका नेतृत्वबीच भिडियो कन्फ्रेन्सिङमार्फत छलफल गर्न सकिने मोदीको प्रस्तावको स्वागत गरेका छन् ।
सार्कमा नेपालसहित अफगानिस्तान, पाकिस्तान, बंगलादेश, भारत, भुटान, मालदिभ्स र श्रीलंका सदस्य छन् ।






प्रतिकृया