बुटवलमा कोरोना संक्रमण आशंकामा एकजना आइसोलेसनमा
प्रकाशित मिति
२०७६ फाल्गुन २९ गते, बिहीबार ०९:२४
बुटवल । कोरोना भाइरस संक्रमणको आशंकामा एक युवकलाई बुटवलको अस्पतालमा भर्ना गरिएको छ।
२१ वर्षीया ती युवामा निमोनियासहितका लक्षण देखिएपछि आइसोलेसनमा राखिएको छ। उनी बिहीबार अस्पतालमा उपचारका लागि आएका थिए। अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले लक्षण मिलेको र युवाअवस्थामा पनि निमोनिया देखिएकाले कोरोनाको आशंका गरिएको बताए। उनमा भाइरस भए नभएको जाँचका लागि नमुना काठमाडौं पठाइदैछ।
ती युवक विदेशीसहितको एक कार्यक्रममा सहभागी भएको अस्पतालले जनाएको छ। रुपन्देहीका ती युवामा कोरोनाको आंशका देखिए पनि त्रसित भैहाल्नुपर्ने अवस्था नरहेको मेसु खनालले बताए।
बिमीको सुरक्षित रुपमै उपचार गरिएकाले अरु बिरामी आत्तिनु नपर्ने उनको भनाइ छ। रुपन्देहीका विभिन्न अस्पतालमा करिव २ दर्जन आइसोलेसन वार्ड बनाइएको छ। पहिलो पटक कोरोना आशंकामा बिरामी भर्ना गरिएको हो।






प्रतिकृया