• ६ असोज २०८३, मंगलबार
  • ११ः२८ बिहान

पाँच जना डीएसपीको भयो काज सरुवा

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ०३:४९

काठमडौं, प्रहरी प्रधान कार्यालयले सार्वजनिक बिदाको दिन ५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयले होलीको दिन डीएसपीको काज सरूवा गरेको हो ।

National Life

सरूवा हुने डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्धमा काज सरूवा गरिएको छ ।

वृत्त बौद्धका प्रमुख रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा लगिएको छ । त्यसरी नै डीएसपी मदन कुँवरलाई सर्लाही, भरत श्रेष्ठलाई रौतहट र प्रतीकसिंह राठौरलाई सर्लाहीबाट हेडक्वार्टर काज सरूवा गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

रौतहटका डीएसपी कार्कीमाथि तात्कालिक प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई रौतहट बम विस्फोटन घटनाका अभियुक्त मोहमद अफ्ताब आलमलाई पक्राउ गर्न खोज्दा गलत रिपोर्टिङ गरेको आरोप लागेको थियो ।

त्यतिबेला रौटहट प्रहरी प्रमुखमा एसपी भूपेन्द्र खत्री थिए । खत्री हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको सचिवालयमा छन् । उनकै योजनामा नवीन कार्कीलाई बौद्ध वृत्तमा ल्याएको प्रहरी अधिकारीको भनाइ छ । हाल आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । उनी नेपाली कांग्रेसका सांसदसमेत हुन् ।

प्रतिकृया