• ४ असोज २०८३, आइतबार
  • ६ः४८ बेलुका

कांग्रेस पूर्वसभापति मल्लको निधन

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ०७:५७

चितवन । नेपाली काङ्ग्रेस रत्ननगरका पूर्वसभापति समर बहादुर मल्लको निधन भएको छ । पेटको समस्याबाट ग्रसित ५३ वर्षीय मल्लको आज बिहान उपचारका क्रममा काठमान्डौँमा निधन भएको हो ।

National Life

एक साताअघि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनको मृत्युबारे नेपाली काङ्ग्रेस रत्ननगरका सभापति रुपन राज घिमिरेले पुष्टी गरेका छन् । उनको आजै देवघाटमा दाहसंस्कार गरिने पनि घिमिरेले बताए ।

मल्लका श्रीमती, आमा, दुई छोरा र एक छोरी छन । रत्ननगर ९ निवासी मल्ल टिकौली बनको पूर्व उपाध्यक्ष एवम रत्ननगरका मेलमिलापकर्ता समेत थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया