• ५ असोज २०८३, सोमबार
  • ८ः३९ राती

प्रधानमन्त्री भोलीसम्म बालुवाटार फर्कर्ने

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ०७:४१

काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भोली बुधबारसम्म डिस्चार्ज हुन सक्ने जनाइएको छ ।

National Life

गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज दिने तयारी भएको उपचारमा संलग्न एक चिकित्सकले बताए । ‘अन्य कुनै समस्या नदेखिए बुधबार प्रधानमन्त्री निवासमा फर्कनु हुनेछ ।’ स्रोतको भनाई रहेको छ ।

उनका अनुसार शल्यक्रियापछि पिसाब फेर्न सहज गर्न राखिएको ‘क्याथेटर’ पाइप समेत सोमबार झिकिइ सकेको छ । पेटमा राखिएको ‘डेन’ पाइप मंगलबार झिकेपछि बुधबार डिस्चार्ज हुने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया