• १७ असोज २०८३, शनिबार
  • ६ः२६ बेलुका

नेविसंघको अध्यक्षमा ढुंगाना, महामन्त्रीमा कुँवर र वैद्य

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार ०१:५६

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा राजीव ढुंगानालाई अध्यक्षमा नियुक्त गरेको छ । पार्टीले नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा नेविसंघ काठमाडौंका अध्यक्ष मनोज बैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई मनोनयन गरिएको छ ।ढुंगाना नेतृत्वको तदर्थ समितिलाई आगामी ६ महिनाभित्र नेविसंघको १२औं केन्द्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । २९ माघ २०७५ मा नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन भएपछि नेविसंघ नेतृत्वविहीन थियो ।

National Life

नेविसंघ तदर्थ समिति गठनको विषयमा १३ माघको केन्द्रीय कार्यसमिति बैठकमा सहमति भएको थियो । सभापति देउवाले गत वर्ष १ फागुन २०७५ मा केन्द्रीय कार्यसमितिको बैठकमै नेविसंघ तदर्थ समिति गठन गर्ने निर्णय गराएका थिए ।१३ माघको निर्णयअनुसार १ फागुन २०७५ मा ३२ वर्ष उमेर नकटेका विद्यार्थीले मात्र अब १२औँ महाधिवेशनमा भाग लिन र प्रतिस्पर्धा गर्न पाउँछन् । तदर्थ समितिमा बस्ने केन्द्रीय सदस्य र पदाधिकारीहरूले भने १२औँ महाधिवेशनमा भाग लिन पाउँदैनन् ।

बिहीबार अध्यक्षमा नियुक्त गरिएका ढुंगाना र महामन्त्री वैद्य तथा कुँवर तीनै जना सभापति देउवानिकट संस्थापन पक्षका विद्यार्थी हुन् । सुनसरीका ढुंगाना सेयर दलालको कम्पनी सुमेरु सेक्युरिटिजको सञ्चालक समिति सदस्य पनि हुन् ।महामन्त्री वैद्य भने यसअघि संस्थापनइतर पक्षका नेता प्रकाशमान सिंहनिकटका थिए । काठमाडौं नेविसंघका अध्यक्षसमेत रहेका वैद्यलाई संस्थापन पक्षले महामन्त्रीमा नियुक्ति गर्ने आश्वासन दिएपछि सिंहलाई उनले छाडेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेविसंघका ३२ वर्ष उमेर नकटेकालाई नै तदर्थ समितिमा राख्नुपर्ने माग गर्दै अनसनमा बसेका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले सभापति देउवालाई १३ माघको केन्द्रीय कार्यसमिति बैठकमा आउँदा अवरोध गरेको भनेपछि वैद्यले काफ्ले समूहमाथि आक्रमण नै गरेका थिए ।१ सय २७ सदस्यीय हुने तदर्थ समितिमा पौडेल र सिटौला पक्षबाट सिफारिस भएकाहरूलाई पनि समावेश गरिने भएको छ ।

प्रतिकृया