सरकारले जनतासामू गरेको बाचा पूरा गर्दै : उपप्रधानमन्त्री पोखरेल
प्रकाशित मिति
२०७६ पुष १२ गते, शनिबार ०१:२२
काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले निर्वाचनका बेला जनतासामू गरेको बाचा अहिले धमाधम पूरा गर्न लागेको बताउनुभएको छ । टोखा नगरपालिका वडा नं. ५ स्थित कल्की नारायण पार्कको शनिवार शिलन्यास गर्दै उहाँले जनता सामू गरिएको प्रतिबद्धता सरकारले पूरा गर्दै गएको स्पष्ट गर्नुभयो ।
पोखरेलले सरकारका र हाम्रा प्रनिधिनिले कानुन र संविधानलाई तोडेर केही पनि काम नगर्ने बताउनुभयो । सरकारले जे काम गर्छ त्यो जनताको भलोका लागि गर्छ त्यसमा कसैले पनि भ्रममा नपर्न सबैमा उहाँले आग्रह गर्नुभयो । सरकारले निर्वाचनको क्रममा सार्वजनिक सम्पपत्ति संरक्षण गछौं भनेर जनतामाझ प्रतिबद्धता व्यक्त गरेको अनुसार अहिले धमाधम सार्वजनिक जग्गाको संरक्षण भएको मन्त्री पोखरेलले बताउनुभयो ।
अहिले केही व्यक्तिहरु राजनीतिक दलको आवारणम सार्वजनिक जग्गा हडप्ने गरेको चर्चा गर्दै पोखरेले सार्वजनिक जग्गा हडप्ने जोकोहीलाई पनि सरकारले कानुन अनुसार दण्डित गर्ने बताउनुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले नगरको विकासका लागि निर्वाचन भएदेखि अहिलेसम्म निरन्तर क्रियाशिल भएर लागि परेको धारणा व्यक्त गर्नुभयो ।
निर्वाचनको क्रममा जनतासामू बाचा गरिएका अहिले पूरा हुँदै गरेको चर्चा गर्दै उहाँले बाँकी काम पनि पूरा गरिदै जाने विश्वास व्यक्त गर्नुभयो । उक्त कल्की नारयाण पार्क एक करोड ५४ लाख ७ हजार ४ सय ५२ रुपियाँमा निर्माण हुन लागेको हो । पार्क आगमी २०७७ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिने योजना बनाइएको छ ।






प्रतिकृया