• ५ असोज २०८३, सोमबार
  • ८ः४० राती

तीस फिट गहिरो ईनारबाट जिवितै महिलाको उद्धार

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार ०५:१०

भक्तपुर, भक्तपुर नगरपालिका– ९ नवदुर्गास्थान नजिकै दत्तात्रय पछाडी रहेको ३० फिट गहिरो ईनारमा सोही स्थनमा बस्ने ५४ वर्षिय रत्नमाया मानन्धर विहीवार बिहान ०४ः५० खस्नुमा भएको थियो ।

National Life

ईनारमा उहाँ अचानक खसेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधान सहितको प्रहरी टोली, विपद व्यवस्थापन भक्तपुर, भक्तपुर नगरपालीकाको दमकल र शसस्त्र प्रहरी बल नेपाल समेतको टोलीले घटना स्थलमा विहान ६ः०० पुगी उद्धार गरिएको थियो ।

उहाँलाई उद्धार गरी बी. एण्ड बी. अस्पताल काठमाण्डौमा उपचारको लागि पठाएको छ । उहाँलाई थप उपचारका लागी पाटन अस्पताल रिफर गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । हाल उहाँको अवस्था सामान्य रहेको रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया