कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको हो: मन्त्री पोखरेल
प्रकाशित मिति
२०७६ पुष १० गते, बिहीबार ०३:५६
काठमाडौँ, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको विहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले भन्नुभयो, ‘मन्त्रिपरिषद् वा नेता विशेषले निर्णय गरेर होइन, संसदले त्यो ऐन बनाएको हो । राहित अनुकुल र राष्ट्रलाई फाइदा हुने देखिएमा अवधि समाप्त हुनु अघि लिजको अवधि थप गर्न सक्ने कानूनको व्यवस्था हो ।’
उहाँले कौडीको दाममा दिइयो भन्ने दाबी अस्वीकार गरे । ‘फेयर मार्केट भ्यालू’का आधारमा भाडादर तोकिएको भन्दै उहाँले पुरानो सम्झौताअनुसार बाँकी बाँकी अवधिमा ४ करोड ३१ लाख ८३ हजार २०० रुपैयाँ भाडा आउने उल्लेख गर्नुभयो । साथै लिज अवधि थप गर्दा २९ करोड लगानी गरेर ४८ वटा सुविधायुक्त कोठा र ४०० सय अट्ने सभाहल बनाउने अनुमति दिइएको भन्दै उहाँले भन्नुभयो, ‘२५ वर्षमा भाडा वापत १ अर्ब १५ करोड १० लाख २ हजार ११७ रुपैयाँ ट्रष्टले पाउँछ ।’





प्रतिकृया