• १८ भदौ २०८३, बिहीबार
  • १०ः५६ राती

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार ०३:३५

काठमाडौँ, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्ता भएको छ । स्थायी समिति बैठक सकिएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्व सभामुख–उपसभामुखका उम्मेदवार छनोटमा केन्द्रीत भएको र त्यसका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीच भेटवार्ता भएको जनाइएको छ ।

संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने जनाइसकेको छ । सम्भवत दलहरुको सहमतिमा सोही दिन सभामुख उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ ।

Kamana Sewa

प्रतिकृया