लागूऔषध सहित पाँच जना पक्राउ
प्रकाशित मिति
२०७६ मंसिर २७ गते, शुक्रबार ०१:३५
काठमाडौं, विभिन्न स्थानकाट पाँच जना लागूऔषधसहित पक्राउ परेका छन् ।
सर्लाही मलगंवा नगरपालिका–८ बाट नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय एम्पुल र नाईट्रोभेट ३ सय ट्याबलेट सहित महोत्तरी बर्दिबास नगरपालिका–१ हनुमान चोक बस्ने मनिष साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतको सोनवर्षाबाट मलगंवातर्फ आउँदै गरेको बीआर ३० पी १७६५ नम्बरको टेप्पोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तयसैगिरी कैलालीको गोदावरी नगरपालिका–२ डेरा गरी बस्ने दार्चुला मार्मा गाउँपालिका–१ घर भएका ३२ वर्षीय जसमल सिंह ठगुन्ना समेत ४ जनालाई अवैध लागूऔषध चरेश करिब ७ किलो सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले ठगुन्नाको कोठामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






प्रतिकृया