• ३ असोज २०८३, शनिबार
  • ५ः३९ बेलुका

सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा छः मन्त्री अर्याल

प्रकाशित मिति

२०७६ मंसिर २७ गते, शुक्रबार ०४:२४

काठमाडौँ, भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताउनुभएको छ । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गर्नुभएको छ ।

National Life

मन्त्री अर्यालले नेपालको नक्साबारे डकुमेन्ट संकलन गर्नेकार्य जारी रहेको भन्नुभयो , ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका लागि डकुमेन्ट संकलन गरिरहेको छ । सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा छ । प्रधानमन्त्रीको मनसाय प्रधानमन्त्रीस्तरीय वार्ताबाटै भएपनि यो गर्ने देखिन्छ ।’

प्रतिकृया