• ४ असोज २०८३, आइतबार
  • ६ः५८ बेलुका

गेम शो ‘कौन बनेगा करोडपति’बन्द हुँदै

प्रकाशित मिति

२०७६ मंसिर १३ गते, शुक्रबार ११:१८

एजेन्सी, अमिताभ बच्चनले सञ्चालन गर्ने टीभीको लोकप्रिय गेम शो ‘कौन बनेगा करोडपति’को एघारौं सिजन यसै साता शुक्रबार बन्द हुँदैछ। १३ सातासम्म चलेको यो शोबारे अमिताभले सुरुआतमै यो शो १३ सातामा कुल ६५ भाग मात्र चल्ने जानकारी दिएका थिए।

National Life

शोमा प्रत्येक साता चार जना सहभागीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए। शुक्रबारको शो कर्मवीर एपिसोडका लागि रिजर्व गरिएको थियो। यसमा देशमा विभिन्न कारणले चर्चित अनुहारलाई सहभागी गराइएको थियो। यस एपिसोडमा राष्ट्रिय प्रकोप उद्धार बलका जवानहरू खास पाहुना रहेका थिए। साथै शोमा बलिउडका चर्चित कलाकारहरू पनि सहभागी भए। कौन बनेगा करोडपतिको एघारौं सिजनमा सर्वाधिक सात करोड राशिको पुरस्कार राखिएको थियो। तर कसैले सबै १६ प्रश्नको सही उत्तर दिन सकेनन्।

प्रतिकृया