• ६ असोज २०८३, मंगलबार
  • १०ः१९ बिहान

उम्मेदवार भँडेललाई विजय गराउन तरुण दलद्धारा आन्तरिक छलफल

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०३:४९

 

National Life

भक्तपुर, नेपाल तरुण दलले भक्तपुर क्षेत्र नम्बर १ ‘क’नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा उम्मेदवार भएका कृष्णलाल भँडेललाई विजय गराउन आन्तरिक छलफल गरेको छ । नेपाल तरुण दल चागुनारायण नगरपालिका वडा नम्बर १ कार्य समितिको शुक्रबार भएको छलफलमा पार्टीका उम्मेदवार भँडेललाई विजयी गराउन सबै प्रयास गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उपनिर्वाचनका लागि केन्द्रबाट खटिएका प्रतिनिधि मोहन बहादुर बस्नेतले निर्वाचनको परिणाम जसरी पनि कृष्णलाल भँडेलेको पक्षमा आउनुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले जित्दा मात्रै मुलुकको जित हुने दाबी गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल व्यक्तिलाई भन्दा पनि लोकतन्त्रको रक्षाका लागि तरुण दल लाग्नुपर्ने बताउनुभयो । तरुण दल वडा नम्बर १ का अध्यक्ष रामकुमार केसीले पार्टीका उम्मेदवारलाई विजयी गराउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । तरुण दलको छलफलमा मंसिर १४ गतेसम्म सम्पूर्ण शक्तिका साथ प्रचार प्रसारमा खटिने निर्णय भएको छ ।

 

प्रतिकृया