बलियुड कलाकार को को हुन, जसको नेपालसंग पारस्परिक सम्बन्ध रहेको छ
प्रकाशित मिति
२०७६ मंसिर ४ गते, बुधबार ०१:३६
भारतीय बलियुड कलाकारहरु जसको नेपालसंग पारस्परिक सम्बन्ध रहेको छ । जस मध्ये गोबिन्दा अहुजा, माला सिन्हा, भारती सिंह, श्रृति झा , अहमद खान रहेका छन् ।
माला सिन्हा: नेपालीहरुको बलिउडप्रतिको सम्बन्ध माला सिन्हा बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन । उनको बुबा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।
गोबिन्दा अहुजा: नेपालका ज्वाई मानिने बलिउडका चर्चित नायक गोबिन्दाले नेपाली मुलकी चेलीसँग विवाह गरेका छन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।
भारती सिंह: भारतको चर्चित कमेडीयन भारती सिंहमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुबा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसँग गहिरो सम्बन्ध भएको बताउँछिन् ।
अहमद खान: बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् ।






प्रतिकृया