• २८ भदौ २०८३, आइतबार
  • १२ः१६ राती

ओलीको मृगौला पुन प्रत्यारोपण गर्ने तयारीमा

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार १२:४०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले नियमित डायलसिसभन्दा मृगौला पुनः प्रत्यारोपण गर्न सुझाव दिनु भएको छ।ओलीका निजी चिकिसत्क डा. दिव्या सिंह शाहले मृगौला प्रत्यारोपणका लागि विदेशमै प्रत्यारोपण गर्नु पर्ने सुझाव दिनु भएको हो ।प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गर्नु भएको थियो । पछिल्लो समय सिंगापुरमा नियमित चेकजाँच गर्दे आउनु भएको छ ।उहाँ चेकजाँचकै लागि साउन र भदौमा दुईपटक सिंगापुर पुग्नुभएको थियो ।

National Life

नियमित डायलसिल ग्रान्डी अस्पतालमा गरे पनि डाक्टरले पुन मृगौला प्रत्यारोपणको सुझाव दिए पछि अमेरिका या सिंगापुरमा हुनसक्ने बुझिएको छ ।ओलीको मृगौला प्रत्यारोपणका लागि एकजना आफन्तलाई तयार गरिसकिएको बुझिएको छ । झापा घर भएका ती आफन्तको मृगौला म्याच समेत भएकोले पुनः प्रत्यारोपण प्रक्रिया अगाडि बढाइएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

मृगौला म्याच भएका आफन्त पनि प्रत्यारोपण गरिने देशको अस्पताल पुर्याइने छन् । सम्भवत मंसिर महिनाभित्रै ओलीको पुनः प्रत्यारोपण हुने गरी प्रक्रिया थालिसकिएको छ । मृगौला प्रत्यारोपणका लागि डा. दिव्या सिंह सक्रिय भइसक्र्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया