बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्किदै
प्रकाशित मिति
२०७६ कार्तिक २९ गते, शुक्रबार ११:०५
काठमाडौँ, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति हमिद शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । उहाँलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले स्वदेश फर्किनुअघि चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नुहुनेछ । उहाँ शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यतालिका छ ।

सदभावना भ्रमणका लागि गत मंगलबार काठमाडौँ आउनुभएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर चाख मानेर अवलोकन गर्नुभएको थियो । बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका उहाँले बिहीबार भने पोखरा घुम्न जानुभएको थियो ।




प्रतिकृया