• ५ असोज २०८३, सोमबार
  • ६ः३१ बेलुका

फोहोरबाट दैनिक दुई सय सिलिन्डर ग्यास

प्रकाशित मिति

२०७६ कार्तिक ४ गते, सोमबार १०:०१

पोखरा, कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ । पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो ।

National Life

उत्पादित ग्यासलाई सिलिन्डरमै भरेर पोखराका उद्योग रेस्टुराँमा आपूर्ति गर्न थालेको गण्डकी ऊर्जा प्रालिले जानकारी दिएको छ । दैनिक ४५ टन फोहोर खपत क्षमताको उक्त प्लान्टबाट दैनिक दुई सय सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ तर अहिले १८ टन फोहोर खपत गरेर दैनिक ४० सिलिन्डर ग्यास मात्र उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङका अनुसार ४० हजार घनमिटर क्षमताको प्लान्टबाट निस्कने लेदोलाई प्रशोधन गरेर प्राङ्गारिक मलसमेत उत्पादन थालिएको छ । प्लान्टमा अहिले गाईवस्तुको गोबर, कुखुराको सुली, बँगुरको लिदी, उखुको छोक्रा, बियर कारखानाबाट निस्कने फोहोर प्रयोग गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

“हामीले सहरमा उत्पादन हुने सड्ने फोहोरलाई पनि उपयोग गर्ने योजना छ,” गुरुङले भने, “फेवाको जलकुम्भीदेखि तरकारी बजार र घरायसी फोहोरसमेत यहाँ प्रयोग ग रेर वातावरणीय स्वच्छतासमेत कायम गर्न लागेका छौँ ।” प्लान्टबाट अहिले दैनिक पाँच टन प्राङ्गारिक मलसमेत उत्पादन हुन थालेको छ ।

तापशक्ति बढी हुने उक्त ग्यास एलपी ग्यासभन्दा आगलागीका दृष्टिले केही कम जोखिम हुने गुरुङको दाबी छ । सिलिन्डरहरू भने केही ठूला छन् । कुल ७५ किलो तौलको खाली सिलिन्डरमा ११.६ केजी ग्यास भरिन्छ । प्लान्टबाट उत्पादित ग्यासमा ९० प्रतिशत मिथेन ग्यास हुन्छ । दस सिलिन्डर एलपी ग्यासले दिने क्षमता बराबर छ सिलिन्डर बायोग्यासको हुने गुरुङको दाबी छ । गोर्खापत्रबाट साभार

प्रतिकृया