• ४ असोज २०८३, आइतबार
  • ३ः१९ दिउँसो

नागढुंगा सुरुङमार्गको शिलान्यास आज

प्रकाशित मिति

२०७६ कार्तिक ४ गते, सोमबार १०:०७

काठमाडौं, काठमाडौं उपत्यकाको मुख्य नाकाका रूपमा रहेको नागढुंगा–नौबीसे सडक खण्डमा बन्न लागेको सुरुङमार्गको आज सोमबार शिलान्यास हुँदै छ। बहुप्रतीक्षित आयोजनाका रूपमा लिइएको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाले जनाएको छ।

National Life

जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङमार्गका लागि गत असोज ६ मा जापानको ‘हाज्मा अन्डो कर्पोरेसन’सँग ठेक्का सम्झौता भइसकेको छ।सम्झौताअनुसार साढे तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्नेछ।

१३ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको सो सुरुङ मार्गको लम्बाइ २ दशमलव ६७ किलोमिटर रहेको छ। यस सुुरुङ मार्ग निर्माणपछि नागढुंगा–नौबीसेमा देखिएको सवारी जाम न्यूनीकरण हुने आयोजना प्रमुख श्यामप्रसाद खनालले दाबी गरे। नेपाल समाचार पत्रबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया