• ५ असोज २०८३, सोमबार
  • ५ः५९ बिहान

बुद्ध एयर काउन्टर तोडफोड प्रकरणका सांसद साह तारेखमा रिहा

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०२:३०

जनकपुर, जनकपुर विमानस्थलमा भएको तोडफोड घटनामा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो । साह रिहा भएपछि भोलिको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ ।

National Life

जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो ।

जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ कको आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएपछि आजदेखि थुनछेक बहस भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया