• ४ असोज २०८३, आइतबार
  • २ः३४ दिउँसो

पाइप लाइनबाट डिजेल ढुवानी सुरु भएसँगै नोक्सानीको अन्त्य

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार १०:१९

काठमाडौँ, पाइप लाइनबाट डिजेल ढुवानी सुरु गरेसँगै ढुवानीको क्रममा हुने नोक्सानी अन्त भएको छ । आयल निगमका अनुसार ढुवानीका क्रममा हुने तापक्रम, चुहावटका कारण इन्धन नोक्सान भइरहेको थियो । भदौ २४ गतेदेखि औपचारिक रुपमा पाइप लाइनबाट ढुवानी भएपछि नोक्सानी अन्त भएको हो ।

National Life

‘ट्ंयाकरबाट ढुवानी हुँदा तापक्रमका कारण केही प्रतिशत लस हुन्थ्यो । ग्यासबाट लिक भएर पनि जान्छ ।’ अमलेखगञ्ज डिपो प्रमुख प्रदीपकुमार यादवले भने, ‘अहिले पाइपबाट आउँछ । मोटरले तान्छ । तातोचिसो हुन पाएन । त्यसैले अहिले कुनै लस भएको छैन ।

ढुवानीमा जिरो लस छ । जानकारका अनुसार ट्ंयाकरबाट ढुवानी गर्दा तापक्रमसँगै इन्धन चोरी हुँदै आएको थियो । अहिले भने सम्पूर्ण लस बन्द भएको हो । कान्तिपुर दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया