संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
प्रकाशित मिति
२०८३ आश्विन १५ गते, बिहीबार ०४:१५
१५ असोज २०८३ काठमाडौं — सरकारले संघीय निजामती सेवामा नयाँ सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव गरेको छ। संघीय संसद् सचिवालयमा पेस भएको संघीय निजामती सेवा विधेयकमा सूचना प्रविधिलाई छुट्टै सेवाका रूपमा राख्ने प्रस्ताव गरिएको हो।
हाल निजामती सेवामा सूचना प्रविधिसम्बन्धी कर्मचारी कार्यरत भए पनि उनीहरू विविध सेवाअन्तर्गत रहेका छन्। प्रस्तावित विधेयक पारित भए सूचना प्रविधिका कर्मचारीका लागि छुट्टै सेवा कायम हुनेछ।
यसअघि संघीय निजामती सेवामा आर्थिक योजना तथा तथ्यांक, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध र शिक्षा सेवा रहेका छन्। विधेयकमा यी सेवासँगै सूचना प्रविधि सेवा थप गर्न प्रस्ताव गरिएको छ।
तर कर्मचारीको वृत्तिविकासका लागि प्रस्ताव गरिएको क्लस्टरमा भने सूचना प्रविधि सेवा समावेश गरिएको छैन। क्लस्टरमा इन्जिनियरिङ, कृषि तथा वन, न्याय, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवालाई मात्र समेट्ने प्रस्ताव गरिएको छ।








प्रतिकृया