• १५ असोज २०८३, बिहीबार
  • ४ः१६ बेलुका

तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण

प्रकाशित मिति

२०८३ आश्विन १५ गते, बिहीबार ०३:३३

१५ असोज २०८३ काठमाडौं — लामो समयदेखि बन्द रहेको चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनका लागि नेपाल र चीनका अधिकारीले पहल थालेका छन्।मंगलबार नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित नेपाली अधिकारीले तातोपानी, लिपिङ र भन्सार यार्डको स्थलगत निरीक्षण गरेका हुन्। टोलीले सडक तथा भन्सार पूर्वाधारको अवस्थाबारे जानकारी लिएको छ।

National Life

परराष्ट्र, अर्थ तथा वाणिज्य मन्त्रालय, भन्सार र सडक विभागका अधिकारी सहभागी निरीक्षण टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव रमकाजी खड्काले गरेका थिए। भोटेकोशी बाढी र पहिरोका कारण रसुवागढी नाका बन्द भएपछि चीनबाट सामान आयातका लागि कोरला नाकामाथि निर्भर हुनुपरेको थियो। कोरला हुँदै सामान ल्याउने बाटोसमेत प्रभावित भएपछि तातोपानी नाका सञ्चालनका लागि दुवै पक्षले सक्रियता बढाएका हुन्।

अधिकारीहरूका अनुसार अहिले काठमाडौं–तातोपानी–लिपिङ सडकमा आवागमन गर्न सकिने अवस्था रहेकाले चिनियाँ पक्षको निर्णयपछि नाका पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया