• १५ असोज २०८३, बिहीबार
  • ३ः३७ दिउँसो

झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ४ अर्बमाथि

प्रकाशित मिति

२०८३ आश्विन १५ गते, बिहीबार ०३:२४

१५ असोज २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार सामान्य अंकले बढेको छ। बजार ०.२६ अंकले बढेर २ हजार ५९९.१५ बिन्दुमा कायम भएको हो।

National Life

आज ३५३ कम्पनीको १ करोड २० लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। यसदिन १३ उपसमूहमध्ये ८ उपसूचक घटेका छन् भने ४ उपसूचकमा सामान्य सुधार देखिएको छ। एक उपसूचक भने स्थिर रहेको छ।

बिहीबार १३९ कम्पनीको शेयर मूल्य बढ्दा १२८ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया