चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित मिति
२०८३ आश्विन १३ गते, मंगलवार ०८:५४
१३ असोज २०८३ काठमाडौं — चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी कम्पनीहरूले साधारणसभा तथा लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित १०.८ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश रहेको छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सले सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।







प्रतिकृया