राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्दै
प्रकाशित मिति
२०८३ आश्विन ८ गते, बिहीबार ११:२९
८ असोज २०८३ काठमाडौं — बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पनि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले आज असोज ८ गते निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो।
यसको बोलकबोल ब्याजदरमा हुनेछ भने बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। बोलकबोल आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमका लागि बोलकबोल गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार यो ३२ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज कात्तिक ९ गते भुक्तानी गरिनेछ।






प्रतिकृया