• ६ असोज २०८३, मंगलबार
  • ११ः१५ बिहान

पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै

प्रकाशित मिति

२०८३ आश्विन ६ गते, मंगलवार १०:३०

६ असोज २०८३ काठमाडौं — पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

National Life

सम्झौताअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ। यसअनुसार कम्पनीले कुल १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्टका अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित ऊर्जा, सूचना प्रविधि, सञ्चार तथा पर्यटनलगायत विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्दै आएको जनाएको छ।

प्रतिकृया