बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको तयारी
प्रकाशित मिति
२०८३ आश्विन ५ गते, सोमबार १२:२४
५ असोज २०८३, काठमाडौं । सरकारले रसुवागढी क्षेत्रमा बाढीले बगाएको स्थानमा सोही ठाउँमा पुनः सडक निर्माण नगर्ने जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले संसद्को पूर्वाधार विकास समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बाढीले सडक बगाएको स्थानमा पुनः सडक निर्माण गर्ने पक्षमा सरकार नरहेको बताएका हुन् ।
उनले नदीले कटान गरेका कारण पहिरो खसेको तथा सडक क्षतिग्रस्त भएको स्थानमा आवश्यकताअनुसार सडकको संरचना उठाउनुपर्ने भए पनि बाढीका कारण सडकको स्वरूप नै परिवर्तन भएको ठाउँमा पुनः सडक निर्माण गर्न नहुने बताए ।
‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ । तर, बाढीले बढाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ । हामी विल्ड ब्याक बेटर भन्ने पक्षमा छैनौँ,’ मन्त्री लम्सालले भने । उनका अनुसार बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्दा भविष्यमा जोखिम नहुने गरी सुरक्षित स्थान र संरचनालाई प्राथमिकता दिइनेछ ।






प्रतिकृया