सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
प्रकाशित मिति
२०८३ भाद्र ३१ गते, बुधबार ११:२६
३१ भदौ २०८३ काठमाडौं — सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले असोज २२ गते २२औँ वार्षिक साधारण सभा बोलाएको छ। काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजे सभा सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।
सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन तथा लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावमा समेत निर्णय गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। त्यसैले असोज ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।






प्रतिकृया